फागुन ८ । निर्वाचित भएको १० दिनपछि प्रधानमन्त्री सुशिल कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि कोइराला ज्योतिषीले हेरेको बिहान पौने करिब ११ बजेको शुभ साइतमा बिहीबार सरकारी निवासमा प्रवेश गरेका हुन् ।
यसअघि कोइराला महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए ।
यसअघि कोइरालाले मन्त्रीपरिषदले टुंगो पाएपछि मात्रै सरकारी निवास सर्ने योजना बनाए पनि सत्तासाझेदार दलबीच किलचो बढ्दै गएपछि आज बालुवाटार सरेका हुन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।