फागुन ८ । टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि भएको छ ।
फेब्रुअरी १४ देखि लागु हुने गरी टुरगाइडहरुको पारिश्रमिक वृद्धि हुने भएपछि पारिश्रमिक वृद्धि गर्ने विषयमा लामो समयदेखि चल्दै आएको विवाद पनि अन्त्य भएको छ ।
टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) र नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्ट) बीच सोमबार गाइडहरुको पारिश्रमिक वृद्धि गर्ने सम्झौता भएको हो ।
यस अगाडी दुई संस्थाबीच गाइडहरुको पारिश्रमिक बढाउने विषयमा विवाद चल्दै आएको थियो ।
Comments