काठमाडौं २४ पुस । विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा बंगलादेशमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।
बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताले सामुहिक बलात्कार गरेका थिए ।
अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निस्कासित गरेको छ ।
पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबर्जस्ती प्रवेश गरेका थिए । ति व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधेपछि उनकी श्रीमतीलाई बलात्कार गरेका थिए । ति व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।
भिडियाे हेर्नुहाेस्







