काठमाडौँ, फागुन ४ । धाक धम्की दिई रकम असुली गर्ने काठमाडौँ महानगरपालिका–१५ चमती बस्ने काभ्रे जिल्ला बोल्देफेदी–४ घर भएका ३३ बर्षीय कान्छा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

निजले हाउजिङ्ग जग्गा प्लानीङ्गहरुमा गई विभिन्न किसिमको धाक धम्की दिई रकम असुली गर्ने गरेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शनिबार चमतीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।