फागुन ४ । अपहरण मुद्दामा लामो समयदेखि फरार रहेका प्रहरीका पूर्व नायव निरीक्षक पक्राउ परेका छन् ।

 प्रहरीका पूर्व नायव निरीक्षक  सचिन्द्र झाले २०५९ साल वैशाख १३ गते उषादेवीको अपहरण गरेको आरोप छ । त्यसपछि उनी फरार रहँदै आएका थिए ।

रौतहटको औरैया गाविसकी उषादेवी झाको अपहरणमा संलग्न रहेको आरोपमा पूर्व प्रहरी सचिन्द्र झा पक्राउ परेका हुन् । पीडितको लिखित जाहेरीका आधारमा प्रहरीले सचिन्द्रलाई पक्राउ गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।