काठमाडौं ३ फागुन । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवं बिर्तामोडस्थित रेडियो विराटमा कार्यरत पत्रकार सुनिरा मैनाली प्रहरीको गोली लागी घाइते भएका छन् ।

महासंघ झापा शाखाका अनुसार फागुन १ गते झापाको लक्ष्मीपुर चोकमा चिया पसलमा बसिरहेको अवस्थामा गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीले चलाएको गोली पत्रकार मैनालीको खुट्टामा लागी घाइते भएका हुन् ।

पत्रकार महासंघ केन्द्रले नागरिकको सुरक्षामा खटिएका प्रहरीबाट गरिएको यो लापरवाहीको कडा शब्दमा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।