काठमाडौं २ फागुन । एमाओवादी नेता डां बाबुराम भट्टराई पाँचतारे होटलहरुमा हुने कार्यक्रमहरुमा सहभागी नहुने घोषणा गरेका छन् ।

पाँचतारे होटलमा हुने कार्यक्रमहरु बढी फजुल हुने भएकाले यसमा सहभागि नबन्नेमा उनी पुगेका हुन् । फजुल खर्चलाई निरुत्साहित गर्न र मितव्ययी जीवनशैलीलाई प्रोत्साहन गर्न यस्तो निर्णय लिएको उनले बताएका छन् ।

भट्टराई पाँचतारे होटलमा हुने अन्तराष्ट्रिय स्तरका र कुटनीतिक निकायसँग सम्बन्धीत कार्यक्रमहरुमा उनी सहभागी हुने भए पनि अन्य कार्यक्रममा भने उनी सहभागी नहुने भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।