फागुन १ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले जनयुद्धको उपलब्धि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले गर्भमै तुहाएको बताएका छन् ।
१९ औं जनयुद्ध दिवश तथा नेकपा(माओवादी चितवनको आठौं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा नेता गजुरेलले दाहाल भट्टराइ दुवै जनालाई षड्यन्त्रकारी र गद्धार भएको आरोप पनि लगाएका छन् ।
देश बचाउनका लागि जनयुद्धको जगमा जनविद्रोहको तयारी थालेको भन्दै गजुरेलले जनपक्षीय संविधानका लागि जनयुद्धको आवश्यकता अहिले पनि उत्तिकै रहेको दाबी गरे ।
अबको जनयुद्ध विगतमा जस्तो पुलिस, सेना तथा छापामारसंग लड्दै गरिने शैलीको नहुने भनाई छ ।
Comments