काठमाडौं । आईपिएल २०१९ मा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दिप लामिछानेले पहिलो खेलमा सहभागिता जनाउँदै एक विकेट लिन सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट खेलेका उनले ४ ओभरमा २९ रन दिएर १ विकेट लिए । शनिबार राती भएको रोमाञ्चक खेलमा नतिजा भने ‘टाई’ अर्थात बराबरी भएको छ ।

कलकत्ता राईडर्सले दिएको १८६ रनको विजयी लक्ष्यमा सन्दिप सहभागी टीम दिल्लीले २० ओभरमा १८५ रन मात्र जोडे पछि खेल बराबारी हुन पुगेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।