खेम थपलिया
विचार/ब्लग
एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारावर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधान बन्न कदापि दिइनेछैन ।’ – दस्तावेजबाट । नेकपा–माओवादी दस वर्षको आँधीमय जनयुद्धको जगमा उभिँदै र दक्षिणपन्थी नवसंशोधनवादसित सम्बन्ध विच्छेद गर्दै अहिलेको यो विशिष्ट विन्दुमा आइपुगेको छ । अहिले २१ औँ शताब्दीको सर्वहारावर्ग र साम्राज्यवाद, विस्तारवाद तथा घरेलु प्रतिक्रिवादको बीचमा प्रत्यक्ष गुत्थमगुत्थ्वा भइरहेको छ । २१ औँ शताब्दीको पहिलो दसकमा महान् जनक्रान्तिको नेतृत्व गर्ने माओवादी बाह्य कोणबाट आउने प्रहारलाई एकातिर निस्तेज तुल्याउँदै अगाडि जानु छ भने आन्तरिक रूपमा विकास हुने गैर–सर्वहारावर्गीय चिन्तनका विरुद्धमा पनि निर्मम सङ्घर्ष गर्नु छ ।
जनयुद्धकारी पार्टीले मालेमावादलाई सैद्धान्तिक रूपमा आफ्नो मार्गदर्शक सिद्धान्त त मानेपछि सोहीअनुरूपको गतिविधि गर्न आवश्यक हुन्छ । ‘विद्रोह गर्नु जनताको अधिकार हो’, ‘प्रतिक्रियावादी सत्ताका विरुद्ध नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको दिशामा अघि बढौँ’, ‘राज्यसत्ताबाहेक सबै भ्रम हो’ भन्ने जस्ता क्रान्तिको आधारभूत प्रस्तावनालाई अगाडि सारेर जनयुद्धको थालनी भएको थियो । यही भावसागरमा डुबुल्किँदै दस बर्से जनयुद्धको राप, तापका बीचमा ते¥हजारभन्दा बढी नेपालीले रगत बगाए ।

क्रान्तिलाई, क्रान्तिकारी पार्टीलाई, क्रान्तिकारी सौन्दर्यलाई, क्रान्तिकारी विचारलाई बचाउँदै ऐतिहासिक दायित्व पूरा गर्नु अहिले माओवादी पार्टीको सामु ठूलो चुनौती छ । महान् जनयुद्धको १९ औँ जनयुद्ध दिवस मनाइरहँदा यो कुरा पनि मनन गर्न आवश्यक छ कि क्रान्तिकारी आदर्शलाई मार्ने, महान् सहिदका सपना बिर्सने तथा क्रान्तिकारी बिम्बलाई गल्र्यामगुर्लम ढाल्ने कुरा कदापि स्वीकार्य हुँदैन । क्रान्तिकारी कार्यदिशाबाट विचलित हुने, मुक्तिको सपना छोड्दै सुधारवाद र आत्मसमर्पणवाद अपनाउने, क्रान्ति असम्भव ठान्ने, विस्तारवाद र साम्राज्यवादको शक्तिलाई अपराजेय देखाउने तथा त्यसको अतिशयोक्तिपूर्ण बयान गरी क्रान्तिकारी मन–मस्तिष्कमा भ्रम सिर्जना गरी राष्ट्रिय आत्मसमर्पणवादको बाटो पक्रने, दासता र दलाली गर्नेहरूप्रति घोर असहमति जाहेर गर्नु आवश्यक छ ।

दक्षिणपन्थी नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर हजारौँ सहिदहरूका रगत, लाखौँ जनताको मिहिनेत र श्रम, त्याग, तपस्या र बलिदान मिसिएको इतिहासको गर्नु नेकपा–माओवादीको कर्तव्य हो । क्षणिक स्वार्थको लागि महान्् चीजहरू त्याग्न तयार हुनु गम्भीर वैचारिक विचलनको परिचायक हो । यो परिचय प्रचण्ड–बाबुरामहरूले बनाए । वर्गसङ्घर्ष र अन्तर्सङ्घर्षबाट खारिएका आएका नेता–कार्यकर्ताहरूले आमूल परिवर्तनको ढोका खोल्न आवश्यक छ ।

आमूल परिवर्तनका संवाहक नेकपा–माओवादी जनतासहित अजेयशक्तिको रूपमा माक्र्सवाद,लेनिनवाद र माओवाद छ । वर्गसङ्घर्षलाई मुख्य कडीको रूपमा निरन्तर चलाएर पाटीभित्र र बाहिर रहेका पुँजीपन्थीहरूलाई सखाप पारेर मात्र सर्वहारावर्गले राज्यसत्तामाथि निर्णायक विजय प्राप्त गर्न सक्नेछन् । नयाँ प्रकारको जनशैलीको विकासमा जोड दिन र सामूहिक प्रणालीको उद्बोदन गर्न जरुरी छ । जनयुद्धमार्फत् राजतन्त्रलाई अन्त्य निरन्तर अघि बढिरहेको यो पार्टीको मुख्य कार्यभार भनेको नयाँ जनवादी क्रान्ति पुरा गर्नु नै हो । यो प्रक्रियालाई पुरा गर्न जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्तिको अन्तिम तयारी गर्नुको विकल्प छैन । माओले भनेका छन्– ‘क्रान्ति हुनु छ भने क्रान्तिकारी पार्टी हुनैपर्छ, क्रान्तिकारी पार्टीबिना, माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पद्धतिअनुसार बनेको पार्टीविना, साम्राज्यवाद तथा यसका दलाललाई पराजित गर्न र विशाल जनसमुदायलाई नेतृत्व गर्न असम्भव छ ।’ स्टालिनले भनेका थिए– ‘एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टीको आवश्यकता छ ।

यस्तो साहसिलो पार्टी, जसले सत्ता प्राप्त गर्ने सङ्घर्षमा सर्वहारावर्गको नेतृत्व गर्न सक्छ । यस्तो अनुभवी पार्टी जसले क्रान्तिकारी परिस्थितिका जटिल अवस्थाहरूमा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो चहकिलो पार्टी जो आफ्नो लक्ष्य प्राप्तिका निम्ति रहेका सारा लुकेका चट्टानहरूबाट जोगिएर अगाडि बढ्न सक्छ । यस्तो पार्टी नभइकन साम्राज्यवादको तख्ता पल्टाउने र सर्वहारा अधिनायकत्व कायम गर्ने कुरा सोच्नु निरर्थक हुन्छ ।’ माओ र स्तालिनले भनेजस्तै नेपाली क्रान्तिको निम्ति अब त्यो आँट गर्नैपर्छ । यसर्थ, नेकपा–माओवादीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा सैद्धान्तिक रूपमा एकतावद्ध पारेर पार्टीलाई जनविद्रोहमा होम्ने हो भने नेपालमा विजय सम्भव छ । १९ औँ जनयुद्ध दिवस मनाउनुको अर्थ क्रान्ति गर्न प्रतिबद्धता हुनु हो । १ फागुन, २०७० का दिन विविध कार्यक्रमहरूका साथ १९ औँ जनयुद्ध दिवस मनाइँदैछ । १९ वर्षअघि अर्थात्, १ फागुन, २०५२ का दिन नेपाली धर्तीमा महान् जनयुद्धको थालनी भएको थियो । सामन्तवाद र साम्राज्यवादलाई नेपाली धर्तीबाट बढार्दै जनगणतन्त्र नेपालको स्थापनाविना उठाइएका हतियार बिसाइयो भने त्यो नेपाली जनता र विश्वभरकै श्रमजीवी वर्गप्रति विश्वासघात, धोका र बेइमानी हुनेछ, त्यसैले अन्तसम्म लैजाने दृढताविना हतियार उठाउनु अपराध हुनेछ भन्ने प्रतिबद्धताका साथ १ फागुन, २०५२ मा नेपाली जनयुद्धको सुरुआत भएयता नेपाली श्रीमजीवी वर्ग र क्रान्तिकारी तप्काले हरेक वर्षको फागुन १ लाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् । यतिखेर सगौरव भन्न आवश्यक छ– जनयुद्ध जारी छ । दस बर्से जनयुद्धमार्फत् जनताले अघि सारेका एजेन्डाहरूको सम्बोधन भएकै छैन । वर्तमानमा दृढसङ्कल्प र एकताबद्धताका
साथ एकपटक फेरि जगत् थर्कने गरी जनविद्रोहमा होमिनुको कुनै विकल्प छैन । यही कुरा ठोस तयारी र कार्यान्वयन गरे मात्र १९ औँ जनयुद्ध दिवस मनाउनुको सार्थकता रहनेछ । ‘क्रान्ति’ को विकल्प ‘मुर्दा शान्ति’ र ‘बुर्जुवा लोकतन्त्र’ हुनै सक्तैन ।

जनमुक्ति सेना भनेको २१ औँ शताब्दीको प्रतिक्रान्ति रोक्ने शक्ति हो भनिरहँदा त्यो सेना के भयो ? चिनियाँ क्रान्ति सपन्न गर्ने त्यही जनमुक्ति सेनाकै आडमा त्यहाँ किन प्रतिक्रान्ति भयो ? चीनमा
देङमण्डलीको पछि लागेर प्रतिक्रान्तिका साधन बनेजस्तै नेपाली जनमुक्ति सेनाको ठुलै हिस्साले किन त्यही काम ग¥यो ? यो सवाल सामान्य छैन । मुक्तिकामी जनताका लागि फागुन १ गते हर्र्ष, उल्लास र उत्प्रेरणाको दिन हो । यसको इतिहास विद्रोह, बलिदान, त्याग र आत्मोत्सर्गको समष्टिमूल्यको रूपमा निर्माण भएको छ । महान् ध्यंस र महान् निर्माणको ऐतिहासिकतासित गाँसिएको यो वास्तवमा महान् छ । तत्काल वर्गसङ्घर्ष सुरु गरौँ । क्रान्ति
आयात गरेर आउँदैन । त्यसैले पुनः एकपटक सबैले समवेत स्वरमा भनौँ– “नयाँ प्रतिवद्धताका साथ जनयुद्ध दिवस मनाऔँ ।” जनयुद्ध दिवसको महान् दिनमा हामीले व्यक्त गर्नुपर्ने प्रतिबद्धता यही हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।