माघ २९ । काँग्रेस नेतृ सुजाता कोइरालाले गृह मन्त्रालय एमालेलाई दिने सहमतिबाट कांग्रेस पछि हट्न नहुने भन्दै एमालेलाई गृह मन्त्रालय दिँदा केही फरक नपर्ने बताएकी छन् ।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा कोइरालाले संविधान निर्माणको जिम्मेवारी पूरा गर्न एमालेसँग भएको सहमति अनुसार गृह मन्त्रालय दिँदा फरक नपर्ने बताएकी हुन् । सहमति पालना नगर्दा काँग्रेसको छवि बिग्रने समेत उनले बताएकी छिन् ।

उनले गृहमन्त्रालय एमालेलाई दिने कि नदिने भन्नेमा पार्टीभित्रै विवाद भएको खुलासा पनि गरिन् ।

कार्यक्रममा  एमाले सचिव शंकर पोख्रेलले एमालेका सभामुखका उम्मेदवार सुवास नेम्वाङको पक्षमा कांग्रेसले मतदान नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।