माघ २८ । राष्ट्रपति डा. रामबरण यादबले हिमाली, पहाडी, तराईबासी जो जहाँ बसे पनि सबै नेपाली भएकाले मिलेर अघि बढे देश अगाडी बढ्ने विचार व्यक्त गरेका छन् । देशलाई अगाडि बढाउन र देशलाई अगाडि बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वाषिर्क उत्सवको अवसरमा आज योजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले देशको परिवेश र परिस्थिति अनुसार नयाँ संविधान बनाउन सुझाव पनि दिएका छन् ।
जनताले चुनेका प्रतिनिधिले चयन गरेको प्रधानमन्त्री देशले लामो समयपछि पाएकोमा आफूलाई खुसी लागेको भन्दै यादबले आजै प्रधानमन्त्रीमा जनताको प्रतिनिधिबाट चयन भएको व्यक्तिले सपथ खाने र जिम्मेवारी बहन गर्ने भएकाले जनताको काम आजैदेखि सुरु हुने समेत जनाए ।
Comments