संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा वली बिच भेट भएको छ । भेटमा ओलीले सरकार गठन, समिकरण, र सरकार निर्माण विषयमा कुराकानी भएको हो ।

ओलीले यादवलाई एमाले र मधेशवादी दलसहि सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए। ‘माओवादी केन्द्रको लक्षण राम्रो नभएको भन्दै यस अवस्थामा त्यो दलसँग सरकार निर्माण गर्न नसकिने भएको अब फोरम नेपाल र एमाले मिलेर सरकार निर्माण गर्ने ओलीको प्रस्ताव गरेका थिए।

ओली यादवबीच नयाँ समीकरण बनाउने विषयमा छलफल भएको खुलेपछि प्रचण्ड सशंकित बनेका छन् । नवलपरासीको कावासोतीमा हिजो पार्टीका नेता तथा कार्यकतासँगको भेटघाटमा उनले ओलीले उपेन्द्र यादवलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेको दावी गरेका थिए । तर, ओलीले यादवको प्रस्ताव स्वीकार नगरेपछि मात्रै एमाले माओवादीसँग सरकार गर्न बाध्य बनेको निश्कर्षमा प्रचण्ड पुगेको बताइएको छ ।

काठमाडौं फर्किएसँगै यादवले पुस ६ गते राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका थिए । छलफलमा दुई नेताबीच प्रदेश तथा केन्द्रको सत्ता समिकरण र अगामी गठबन्धनको विषयमा कुराकानी भएको बताइएको छ ।

राजपा नेपालका अधिकांश नेताहरु राजधानी बाहिर भएकाले सामान्य कुराकानीमात्रै भएको राजपाका एक महासचिवले जानकारी गराए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।