
अभिनेता आयुस्मान खुराना र अभिनेत्री सोनम कपुरको मुख्य अभिनय रहेको चलचित्र ‘बेवकुफीया’को ट्रेलर रिलिज भएको छ ।
यशराज ब्यानरको आउन लागेको यस चलचित्रमा यी दुई कलाकारका साथै अर्का पुराना अभिनेता ऋषी कपुरपनि अभिनेत्री सोनमको बाबाको रोलमा देखीएका छन् ।
यो चलचित्र एक रोमान्टिक कमेडी चलचित्र भएको बताइएको छ ।
चलचित्रमा अभिनेत्री सोनम बिकिनीमा प्रस्तुत भएकी छिन् । यति मात्र होइन अभिनेत्री सोनम अभिनेता आयुस्मानको साथमा किसिङ अनि बोल्ड सिनपनि दिएका छन् । चलचित्रमा आयुस्मानको गर्लफ्रेण्ड सोनम हुन्छिन् । तर यी दुई बिचको लवस्टोरीमा बाबा भिलेनको रुपमा प्रस्तुत हुन्छन् । चलचित्र १४ मार्च २०१४मा रिलिज हुने भएको छ ।
Comments