माघ २५ । सहमतिको सरकार निर्माणको पहल गरिसकेको र औपचारिक रुपमै बहुमतीय प्रधानमन्त्रीको उम्मेदवारी दिने तयारीमा रहेको नेपाली काग्रेसले  प्रधानमन्त्री मनोनयन फारम लगेको छ ।
अझ नयाँ कुरा त,  औपचारिकरुपमा प्रधानमन्त्रीका लागि दाबी नगरेको एमालेले पनि प्रधानमन्त्री मनोनयनको फाराम लगेको छ ।
कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र एमाले सभासद् रामबीर मानन्धरले संसद् सचिवालयबाट शनिबार लगेका हुन् ।
सरकारमा सहभागिताका विषयमा कुरा छलफल गरिरहेको कांग्रेस एमाले भागबन्डाका विषयमा अल्झिरहेका बेला दुई दलले फाराम लगे पनि शनिबार कसैको पनि मनोनयन भने भएको छैन ।
प्रधानमन्त्रीको निर्वाचनका लागि शनिबार र आइतबार मनोनयको समय निर्धारण गरेको छ । आइतबार साँझ ५ बजे मनोनयनका लागि अन्तिम समय दिइएको छ । व्यवस्थापिका–संसद्मा माघ २७ गते हुने भने बहुमतीय प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ ।
एमालेलेसमेत मनोनयन फारम लगेपछि पहिलो दिन नै कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने नबन्ने भन्ने विषय जटिल बनेको छ ।
एमालेले सहयोग नगरेको अवस्थामा कोइरालालाई एमाओवादीसहितका साना दलले समर्थन गर्नुपर्दछ । त्यसका लागि यति छोटो समयमा कुरा मिल्ने सम्भावना पनि निक्कै कम छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।