माघ २२ । नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले  एक वर्षभित्र नयाँ संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको बताएका छन् ।

 नेपालका लागि अमेरिकन राजदूत पिटरडब्लु बोडेसँगको भेटमा कोइरालाले यस्तो बताएका हुन् ।

भेटमा बोडेले  नेपालको राजनीतिक घटनाक्रमबारे चासो व्यक्त गरेका छन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा बोडेले नयाँ सरकार गठन संविधान लेखन र शान्ति प्रक्रिया लगायतका विषयमा चासो राखेका थिए ।

सो क्रममा कोइरालाले  एक वर्षभित्र नयाँ संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको भन्दै त्यसपछि नेपाल स्थायित्व र विकासको बाटोमा अघि बढ्ने उल्लेख गरेका थिए ।

कोइरालाले कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने पनि बताएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।