जानकी मन्दिरका महन्थ हटाएकोमा महासंघको आपत्ती

माघ २१ काठमाण्डौ । विश्व हिन्दु महासंघले जानकी मन्दिरका महन्थलाई हटाएकोमा आपत्ति जनाएको छ । नेपाल गुठी संस्थानले जानकी मन्दिरका महन्थ महामण्डलेश्वर रामतपेश्वर दासलाई हटाएको भन्दै विरोध जनाएको हो ।

महासंघले दासलाई हटाउनु गैरकानुनी तथा न्यायको प्राकृतिक सिद्धान्त विपरीत भएको भन्दै गुठी संस्थानको निर्णयले सम्पुर्ण हिन्दुहरुको भावनामाथी चोट पुगेको दावी गरेको छ ।

हिन्दु महासंघले गुठी संस्थानको निर्णय विरुघ एक हुन समेत आहवान गरेको छ । विश्व हिन्दु महासंघकी सचिव अस्मिता भण्डारीले मंगलवार विज्ञप्ती जारी गर्दै महन्थलाई हटाएकोमा विरोध जनाउदै निर्णय फिर्ता लिन चेतावनी दिएकी छन् ।

विज्ञप्तीमा गुठी संस्थानले निर्णय फिर्ता नलिएमा शसक्त आन्दोलन गर्ने समेत उल्लेख गरीएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।