
सहमतिबाट संसदीय दलको नेता चयन हुन नसकेपछि मंगलबार दिउँसो भएको मतदानमा ओलीले ९८ मत पाए भने खनालले ७५ मत मात्रै पाएका छन् ।
एमाले संसदीय इतिहासमा पहिलोपटक निर्वाचनबाट पार्टी प्रमुखलाई हराउँदै तेस्रो बरियताका ओली दलको नेता निर्वाचित भएका हुन् ।
खनाल समूहमा रहेका उपाध्यक्ष वामदेव गौतमको बलियो साथ पाएपछि ओलीलाई दलको नेता निर्वाचित हुन सहज भएको हो । ओलीलाई गौतमसहित अर्का उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय शंकर पोखरेल र विष्णु पौडेलको पनि साथ थियो ।
एमाले संसदीय दल, निर्वाचन समितिका प्रमुख आयुक्त सोमनाथ अधिकारी प्यासीले ओलीलाई सपथ खुवाएका छन् ।