८६ हजार कर्मचारी- सुपस्टार जिरो !

काठमाडौं । देशभर ८६ हजार बढी निजामति कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । सरकारले निजामती सेवा दिवसको अवसरमा एक सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

स्रोतका अनुसार ४० जनालाई पुरस्कार प्रदान गर्न मुख्य सचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले सरकारलाई सिफारिस गरेको हो ।

समितिको सिफारिसबमोजिम सरकारले आइतबार पुरस्कृत कर्मचारीबारे अन्मित निर्णय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । राजधानी दैनिकले खबर छापेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।