माघ २० । नेपाली काङ्ग्रेस अब बहुमतीय सरकार गठनको प्रक्रियालाई अघि बढ्ने भएको छ  । उक्त दलले बहुमतीय सरकार गठनको प्रक्रिया बारे छलफल गर्न मंगलवार केन्द्रीय कार्य समितिको बैठक आहृवान गरेको छ ।

पार्टी  सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमवार बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बहुमतीय सरकार गठन, शक्तिबाँडफाँड लगायतका विषयमा केन्द्रीय सदस्यहरुको राय लिने निर्णय भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि अधिकतम प्रयास गरिए पनि सफल नभएपछि  काङ्ग्रेस बहुमतीय सरकार गठन प्रक्रियामा अघि बढेको हो ।

सहमतीय सरकार गठनका लागि प्रयास गरिएपनि केही दलले प्रतिपक्षमा बस्ने घोषणा गरेकाले सहमतीय सरकार गठनको प्रयास असफल बनेको हो । बैठकमा सरकार गठनका क्रममा क–कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा पनि  छलफल हुने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।