चर्चित गायक राजय पायल राईको घरमा आगलागी हुँदा अवार्ड र प्रमाणपत्रहरू जलेर नष्ट

काठमाडौं । चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभएपनि उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीबाट अन्य भौतिक क्षति पनि भएको छ ।

गायक राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । यतिबेला साङ्गीतिक कार्यक्रमका लागि राजेश काठमाडौं बाहिर छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।