माघ १९ । राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) की प्रमुख सल्लाहकार समेत रहेकी सभासद निर्जला राउतले आफ्नो ‘ग्रिनकार्ड’ नेपालस्थित अमेरिकी दूतावासमा फिर्ता गरेकी छन् ।

अमेरिकाको ‘ग्रिनकार्ड’ लिइसकेकी राउत सभासद भएको भन्दै पार्टीभित्र र बाहिर विवाद भएपछि उनले दूतावासमा आफैं गएर बुझाएको खबर कान्तिपुरमा छ ।

ग्रिनकार्ड अमेरिकामा स्थायी बसोबास गर्न दिइने अनुमतिपत्रका अतिरिक्त त्यहाँको नागरिकता पाउने प्रक्रिया हो । उनी भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्छन् ।
रामसपाले ‘ग्रिनकार्ड होल्डर’ राउतलाई संविधान निर्माण गर्ने संविधानसभाकै सदस्य बनाएको र अमेरिकी नागरिक हुने क्रममा रहेको व्यक्ति कसरी नेपालप्रति बफादार हुन सक्छन् भन्ने राजनीतिक तथा नैतिक प्रश्न उठ्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएपछि उनी विवादमा तानिएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।