![]() |
फोटो: फाइल |
माघ १८ । लडाकूहरुको शिविरमा भ्रष्टाचार भएको विषयमा छानबिन गर्न बहिर्गमित पूर्व लडाकूहरुले माग गरेका छन् ।
शिविर भ्रष्टचारको छानबिन नगरिए अन्तराष्ट्रिय समुदायको सहयोग लिने र त्यसबाट पनि नभए हतियार उठाउने चेतावनी समेत उनीहरुले दिएका छन् ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप समेत लगाएका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको समेत जनाएका छन् ।
१ करोड धरौटी राख्नु पर्ने भन्नै फैसला सुनाएपछि पूर्व लडाकू विष्ट २०६९ माघ १० देखि हिरासतमा थिए । अदालतले उनलाई सफाइ दिएपछि उनी गत माघ १० गते कारागार मुक्त भएका हुन् ।