हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मी स्थानीयद्धारा लखेटिए

माघ १८ । पर्साको ठोरी गाविसमा हातहतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटेका छन् ।

ठोरी गाविसमा माइती नेपालको बिट निर्माणमा अवरोध गर्न हतियारसहित भारतीय सुरक्षा फौज आएर अवरोध गर्न खोजेपछि ठोरीका बासिन्दाले लखेटेका हुन् ।
स्थानीयले लखेटेपछि एसएसबीकमा जवानहरु अहिले सीमावर्ती ठुटे खोलामा बसेका छन् । जहाँ एसएसबीको बेस क्याम्प रहेको छ ।

सीमा क्षेत्र तनावग्रस्त भएका कारण शनिबार दिउँसो एक बजेदेखि करिब एक घण्टा ठोरी नाकामा आवत जावत समेत रोकिएको थियो । सीमावर्ती भारतीय बजार भिखनाठोरीमा किनमेल गर्न गएका केहि नेपलीहरुलाइ एसएसबीहरुले घेरेर राखेका थिए । सीमा क्षेत्रमा अहिले पनि सयौं नेपालीहरु भेला भएर बसेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।