काठमाडौं । जगरनाथ गाउँपालिकाका विद्यालय निरीक्षकले शिक्षक नियुक्तिमा ५५ लाख घुस लिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ९५ हजार घुस लिएको आरोपमा विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसियाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीविरुद्द २० वटा मुद्दा हालिएको छ । सोमबार १० वटा मुद्दा दायर गरिएको थियो । फागुन १ गते १० वटा मुद्दा दायर गरिएको थियो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विभिन्न मुद्दा चोरसियालाई २० वटा मुद्दा दायर गरिएको बताए ।
उनका अनुसार विनी चौरसियालाई आर्थिक लाभ लिएर बिनापरीक्षा शिक्षक नियुक्त गरेका थिए । गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा शिक्षक र बालविकास सहयोगी नियुक्ति गर्दा ५० हजारदेखि साढे ४ लाखसम्म घुस लिएका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।