काठमाडौ. ९ पुस
निर्वाचन अगाडी नै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र प्रधानमन्त्री र पार्टी अध्यक्ष को काे हुने भन्नेमा विवादित देखिएका छन् ।
एमालेका नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति हुनु्पर्छ भन्ने लाइनमा छन् भने माओवादी केन्द्रका नेताहरु केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्ने अडानमा छन् ।
एमाले नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी अध्यक्ष सहजै नमानेपछि पार्टी एकताको विषय डुलमुल समेत बन्न पुगेको छ ।
यद्यपी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहान मात्रै पुल भत्काएर अघि बढीसकेकाले फर्कने ठाउँ नभएको बताएको छन् ।
तर, एमाले महासचिव इश्वर पोखरेलले एउटै व्यक्ति पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुपर्ने बताईरहेका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सार्वजनिक रुपमा नै एउटै व्यक्ति पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन नसक्ने भन्दै पोखरेलको भनाईलाई अस्वीकार गरेका छन् ।
इश्वर पोखरेल केपी ओली निकटका नेता हुन् भने महरा प्रचण्ड निकटका नेता मानिन्छन् । दोस्रो तहका यी नेताको अभिव्यक्तिले दुई दल नेतृत्वको विषयमा अलमलिएको स्पष्ट भएपनि शिर्ष नेताले भने पार्टी एकता हुनेमा ढुक्क हुन भन्दै आश्वस्त पार्दै आएका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।