क्यानडाका पप स्टार जस्टिन बाइबरले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् ।
गत महिना क्यानडाको टोरन्टो सहरमा एउटा लिमोजिन कारका चालकलाई दुव्र्यवहार गरेको अभियोग लागेका बाइबर आफैं टोरन्टोस्थित प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
गत डिसेम्बर २९ तारिखको राति बाइबरसहितका ६ जना कारमा चढेको र ती मध्ये एक जनाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पपस्टार बाइबर पनि अनुसन्धानमा तानिएका हुन् ।पछिल्लो दुई हप्ताभित्र बाइबर प्रहरीको फन्दामा परेको यो दोस्रो घटना हो ।
अघिल्लो हप्ता मात्रै अमेरीकाको फ्लोलिडामा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई अमेरीकी प्रहरीले पक्राउ गरेको थियो ।
Comments