काठमाडौं, १४ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको पहिचान के हो भन्ने तल्लो तहसम्म बुझाउन नसकेको स्वीकारेका छन् ।

बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी यस्तै हो भने कि त एमालेसँग मिलेर जानुपर्यो कि त मोहन वैद्य नेतृत्वको माओवादीसँग मिल्नु पर्यो भनेसँगै दाहालले एमाओवादी सैद्धान्तिक रुपमा फरक रहेको जिकिर समेत गरेका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बुधबार बिहान दाहालले आफूहरु एमाले जस्तो पनि नभएको र मोहन वैद्य नेतृत्वको नेकपा माओवादी  जस्तो पनि नभएको उल्लेख गरे ।

एमाले र ड्यास माओवादी भन्दा एमाओवादी सैद्धान्तिक रुपमा फरक भएको भन्दै पार्टीको आईडेन्टिटी तलसम्म पुर्याउन नसकेको उनले बताएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।