जाजरकोट, माघ १५ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले यहि ८ गते देखि १० गतेसम्म बरामत गरेको जाँड रक्सिको परिमाण सार्वजनिक गरेको छ ।
जिप्रका जाजरकोटका प्रवक्ताद्वारा विहीवार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा सदरमुकाम खलंगा आसपासमा बरामत गरिएको स्थान, मदिरा, मदिरा उत्पादनका लागि
प्रयोग गरिने कच्चा पदार्थ, उत्पादनमा प्रयोग गरिने भाडा सेट र मदिरा राखिने ड्रमहरुका परिमाण उल्लेख गरिएको छ ।
तल्लो थाप्ले, ठाटी बजार, राना गाउँ, रिसाङमा खानतलासी गरी अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
जस अन्तर्गत तयारी मदिरा (रक्सी) १९० लिटर, मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ ४४५ लिटर, मदिरा उत्पादन गर्ने भाडा २ सेट, मदिरा राख्ने विभिन्न भाडा कुडा ३० थान बरामद गरिएको प्रहरीको भनाई छ ।
Comments