काठमाडौं । जबर्जस्ती करणी उद्योगको अभियोगमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्दको प्रमाणको रुपमा महराले पठाएको ‘एसएमएस’ लाई पनि पेस गरिने भएको छ ।
घटनाको भोलिपल्ट महराले ‘फर्गट स्टर्डे’ ‘आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका थिए । त्यो म्यासेजबाट समेत अघिल्लो दिन उनले बलातकार प्रयास गरेको पुष्टि हुने अभियोगमा उल्लेख छ । अभियोगमा भनिएको छ, ‘उक्त मेसेजले पनि प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँग भएका कसुरजन्य कार्यको उजागर हुन नदिन प्रयास गरेको तथ्य फेला परेको छ ।’ महराले पठाएका अन्य मेसेजहरुलाई समेत प्रहरीले प्रमाणका रुपमा पेस गरेको नयाँ पत्रिकाले लेखेको छ