राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले सूचना अधिकारीहरुले दिनमिल्ने सूचनाहरु दिनुपर्ने बताएकी छिन् । सूचना अधिकारीहरुले दिनमिल्ने सूचनासमेत नदिइने गुनासा बढेको आयुक्त तिम्सिनाले बताइन् ।

राष्ट्रिय सूचना आयोगद्वारा पाल्पाको तानसेनमा आयोजित सूचनासम्बन्धी अन्तरक्रियामा स्थानीय तहका महिला उपप्रमुख तथा उपाध्यक्षलाई सूचना नदिएको गुनासो बढेको उनले बताइन् । उनले सूचनाको आदनप्रदान गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा पाल्पामा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले नागरिकले सूचना पाउने अधिकार कार्यान्वयन गर्न तयार रहेको बताए । जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सूचना आदानप्रदान गरी सुशासन कायम गर्नुपर्ने बताइन । उनले जिल्लास्थित सरकारी कार्यालयले तीनतीन महिनामा सूचना अधिकारीसँग बैठक बसी कार्यक्रम सार्वजनिक गर्दै आएको र आगामी दिन पनि त्यसलाई निरन्तरता दिइने बताइ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।