आ–आफ्नो कार्यक्षेत्रमा फर्की काम गर्न डाक्टरहरुलाई आह्वान

माघ १० ।  नेपाल चिकित्सक संघले देशभरीका चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किएर जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ ।

विगत १३ दिनदेखि अनसन बसेका प्रा.डा. गोविन्द केसीको माग पूरा हुने भएसँगै उनले अनसन तोडेपछि काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले यस्तो आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमार्फत संघले प्राध्यापक डा. केसीले उठाएको मागको सम्बोधन गर्न सरकार तयार भएकाले अस्पतालहरुमा गएर कार्यभार सम्हाल्न चिकित्सकलाई आग्रह गरेको हो ।

माग पूरा भएसँगै बन्द रहेका ओपिडी सेवा पनि नियमित सञ्चालन भएका छन् । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।