काठमाडौं । भोलि मंसिर २६ गते अर्थात याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बुहरूले चासोक तङनाम धुमधामका साथ मनाउँदै छन् । यस अवसरमा भोलि सार्वजनिक बिदा हो कि हैन भनेर द्धिविधा भएको पाइएको छ । कतिपय संघ संस्थाले भोलिका लागि बिदा समेत दिएको पाइएको छ ।

सरकारले भने औपचारिक रुपमा सार्वजनिक बिदा घोषणा गरेको छैन । तर यो पर्व मनाउनेका लागि भने बिदा दिइएको छ । गृह मन्त्री रामबहादुर थापा बादलका प्रेस संयोजक किरण भट्टराईले भोलि सार्वजनिक बिदा नभएको जनाए । ‘भोली सार्वजनिक विदा हैन । सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा हो ।’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।