काठमाडौं । धनुषामा भएको विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय ९सखुवा, महेन्द्रनगर०का प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर दाहालसहित ३ को ज्यान गएको छ । शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका इन्स्पेक्टर दाहालको क्रममा शनिबार बिहान निधन भएको हो । त्यस्तै, विस्फोट हुँदा घरमुली राजेश्वर साह, उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु हो ।

शुक्रबार राति इलाका प्रहरी कार्यालयभन्दा केही पर क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश्वर साहको घरमा शौचालयअगाडि राखिएको बम प्रहरी निरीक्षक दाहालसहितको टोली निरीक्षण गर्न पुगेका बेला विस्फोट भएको थियो । घटनामा प्रहरी जवान रिजन महतो, मृतक साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली घाइते भएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।