माघ ७ । विश्वभाषा क्याम्पसले यसै शैक्षिक सत्रदेखि शतप्रतिशत शुल्क वृद्धि गरेको छ।

त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्यामपसले  दुई दशकदेखि शुल्कवृद्धि नभएको र खर्च धान्न समस्या परेको भन्दै शुल्कवृद्धि गरेको जनाएको छ ।

यस क्यामपसमा यसअघि विभिन्न भाषाको अध्यनको लागि १ हजार लिँदै आएकोमा अब दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ।
 लेखन अंग्रेजीका लागि १ हजार ३ सय बाट बढाएर २ हजार ६ सय रुपैयाँ बनाएको खबर नयाँ पत्रिकामा छापिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।