होर्डिङ बोर्डको भ्रष्टाचारमा प्रमुख कार्यकारीदेखि पियनसम्म

हाल काठमाडौं महानगरपालिकाभित्रका अधिकांश होर्डिङ बोर्डहरु महानगर प्रहरीले हटाइसकेको भए पनि त्यसअघिको २० वर्ष महानगरपालिकाभित्रका होर्डिङ बोर्डबाट कर्मचारीले करोडभन्दा बढी भ्रष्टाचार गरेको देखिएको छ । 
काठमाडौं महानगरपालिकाभित्र होर्डिङ बोर्ड राख्नेसम्बन्धी काम गर्ने एक व्यक्तिले आर्थिक दैनिकलाई दिएको जानकारी अनुसार महानगरका विगतका मेयर, प्रमुख कार्यकारी अधिकृत, विभिन्न विभागीय प्रमुखहरुदेखि पियनसम्मलाई नजारना बुझाउने गरेको खुलासा गरेका छन् । होर्डिङ बोर्डमा प्रचार सामग्री राखेबापत् विभिन्न विज्ञापन एजेन्सीहरुले मासिक लाखौँ रुपैयाँ तिर्न बाध्य भए पनि महानगरपालिकाको राजश्वमा भने वार्षिक केही हजार रुपैयाँ मात्र मुश्किलले दाखिला भएको थियो । महानगरपालिकाभित्रको चरम भ्रष्टाचार स्वरुप जुनसुकै स्थानमा ठूला ठूला होर्डिङ बोर्डहरु राखिएका थिए । 

महानगरपालिकामा निर्वाचित भएका मेयर, उपमेयर तथा त्यसपछि नियुक्त भएका सबै प्रमुख कार्यकारी तथा सबै विभागीय प्रमुखले नजराना बुझ्ने गरेको दाबी गरिएको छ । होर्डिङ बोर्डमा भएको भ्रष्टाचार छानबिनको लागि अधिकार सम्पन्न समिति निर्माण गर्ने हो भने आफू खुलेर बयान दिन तयार रहेको दाबी गर्ने ती होर्डिङ बोर्ड व्यवसायी तत्काल भने आफ्नो परिचय खुलाउन चाहेका छैनन् । पियनसम्मलाई दर रेट कायम गरेर खामबन्दी रकम दिएका कारण अहिले  पनि महानगरमा प्रवेश गर्दा पियनदेखि विभागीय प्रमुखसम्मले आफूलाई नमस्कार गर्ने ती व्यक्तिले आर्थिक दैनिकसँगको कुराकानीमा बताए ।         

महानगरपालिकाले नौ सय होर्डिङ बोर्डबाट संकलन गरेको राजश्व र विभिन्न विज्ञापन एजेन्सीहरुले होर्डिङ बोर्डमा विज्ञापन गरेबापत् भुक्तानी गरेको रकमको अनुसन्धान गर्नेबित्तिकै होर्डिङ बोर्डमा भएको भ्रष्टाचार काण्डको पर्दाफास हुने भुक्तभोगीहरुले बताएका छन् । होर्डिङ बोर्डबाट महानगरपालिकाले एभरेजमा एक हजार रुपैयाँ राजश्व प्राप्त गर्दै आएको भए पनि होर्डिङ बोर्डमा विज्ञापन गराउँदा भने मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म तिर्न बाध्य भएका थिए । सो काण्डमा महानगरका ठूला साना धेरै कर्मचारीको मिलेमतो रहेको भन्दै छानबिनको माग उठिरहेको छ । होर्डिङ बोर्डका कारण राजधानीमा दृष्य प्रदूषण बढेको भन्दै पछिल्लो पटक राजधानीका करिब  नौ सय होर्डिङ बोर्ड हटाइएको थियो । सो होर्डिङ बोर्ड हटाउन महानगरपालिकाले निकै ठूलो मिहेनत गर्नु परेको बताइन्छ । भ्रष्टहरुले महानगरदेखि स्थानीय विकास मन्त्रालयसम्म सेटिङ गरेर होर्डिङ बोर्ड हटाउने कार्यको विरोध भएको थियो । महानगरपालिकाले निर्वाचनको समयमा हटाइसकेको होर्डिङ बोर्डलाई कायम गरेर ठूलो रकम नजराना लिएको स्रोतले दाबी गरेको छ ।               

उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयले आर्थिक लाभ बन्द हुने देखेर हालसम्म पनि होर्डिङ बोर्ड हटाउन सकेको छैन । विमानस्थलभित्र दृष्य प्रदूषण हुने गरी राखिएका होर्डिङ बोर्डले ऐतिहासिक सहर काठमाडौंमा ओर्लने विदेशी पर्यटक लगायतका यात्रुले नराम्रो अनुभूति गर्ने गरेको भए पनि उक्त होर्डिङ बोर्ड नहटाउनुको कारण आर्थिक लाभ नै रहेको बुझिएको छ । साथै विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्तामा राखिएका विदेशी प्रचार समेत राख्नुले विमानस्थल व्यवस्थापन स्वदेशी प्रचार भन्दा पनि पैसाको पछि लागिरहेको देखिन्छ । उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन कार्यालयले आर्थिक लाभ बन्द हुने देखेर हालसम्म पनि होर्डिङ बोर्ड हटाउन सकेको छैन । विमानस्थलभित्र दृष्य प्रदूषण हुने गरी राखिएका होर्डिङ बोर्डले ऐतिहासिक सहर काठमाडौंमा ओर्लने विदेशी पर्यटक लगायतका यात्रुले नराम्रो अनुभूति गर्ने गरेको भए पनि उक्त होर्डिङ बोर्ड नहटाउनुको कारण आर्थिक लाभ नै रहेको बुझिएको छ । साथै विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्तामा राखिएका विदेशी प्रचार समेत राख्नुले विमानस्थल व्यवस्थापन स्वदेशी प्रचार भन्दा पनि पैसाको पछि लागिरहेको देखिन्छ । – आर्थिक दैनिक
Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...