काठमाडौं । विश्व बजारमा युद्धको सन्त्रास बढेपछि सुनको भाउ झनै आकासिन पुगेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको हो । गत शुक्रबार सुनको भाउ ७४ हजार ५ सय रहेको थियो भने बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो ।
सुनचाँदी व्यवसायी महासंघले ईरान र अमेरिकाबीचको तनावको असर सुनको मूल्यमा देखिएको बताएको छ । यस्तै, भारतिय मुद्रा कमजोर भएर डलर महंगो हुँदा पनि सुनको भाउ वृद्धि भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।