काठमाडौं । फेरि पनि देशभर वर्षा र हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिबाट मौसममा परिवर्तन आउने छ भने शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ ।
बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली बिहीबार र शुक्रबार पहाडी भेग प्रवेश गरी वर्षा हिमपात हुनेछ ।
नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शनिबारबाट भने मौसम सुधार हुने पूर्वानुमान गरिएको छ । यस वर्ष छिटो-छिटो मौसमी प्रणाली परिवर्तन भइरहेको छ । यो तेस्रो पटक वर्षा र हिमपात हुन लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।