काठमाडौं । साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बुढा रावतको छाउगोठमै मृत्यु प्रकरणमा जिल्ला अदालत अछामले जेठाजु छत्र रावतलाई ४५ दिन कैद फैसला सुनाएको छ । बुहारीलाई छाउगोठ बस्न बाध्य बनाएको अभियोगमा न्यायाधीश नवीनकुमार जोशीको इजलासले छत्रलाई दोषी ठहर गरेको हो ।

तर, फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उनी बिहीबारै ६ हजार नगद जरिवाना बुझाएर कैदमुक्त भएका छन् । सो दफाअनुसार एक वर्षभन्दा कम कैद सजायको हकमा नगद जरिवाना बुझाए कैद छुट हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ४ बमोजिम ४५ दिन कैद फैसला गरिए पनि फौजदारी कार्यविधि संहितको व्यवस्थाअनुसार नगद जरिवाना बुझाएर घर फर्किएको न्यायाधीश जोशीले बताए । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।