काठमाडौं । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादको मुटु नै नभएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति सरकारले राम्रो काम गरेको विषयलाई नछापेकोप्रति केन्द्रित थियो ।
पछिल्लो समय दुई मिडिया हाउसको घटनाले भने साहु र सम्पादकमा संवेदना साँच्चै हुन्छ कि हुँदैन भनेर फेरि प्रश्न उठाईदिएको छ । ती दुई मिडिया हाउस नागरिक दैनिक र कारोबार दैनिक हुन् ।
नागरिक दैैनिकका पत्रकारहरुले कात्तिकदेखि पुससम्मको नपाएको र जिल्ला रिपोर्टरले १० महिनासम्म नपाएको भन्दै हस्ताक्षर गरेर बुझाएका छन् ।

नागरिक दैनिककी निर्देशक शोभा ज्ञवाली हुन् । उनी बिनोद ज्ञवालीकी श्रीमती हुन् । नागरिक दैनिकको प्रमुख कार्यकारी अधिकृत शोभा र बिनोदकी छोरी समृद्धि ज्ञवाली हुन् । उनले आफू विदेशमा पढेको भन्दै त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीलाई आफू भन्दा ठूलो कोही नभएको फूर्ति लगाएर हिड्ने गरेको चर्चा पत्रकार माझ हुँदै आएको छ । नागरिकका सम्पादक गुणराज लुइटेल हुन् ।
यता, कारोबार पत्रकार तथा कर्मचारी संघले पनि आन्दोलनको मोर्चामा एकजुट हुन भन्दै सूचना प्रकाशित गरेको छ ।








