काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर भई कारोबार रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला ७६ हजार ५ सय रुपैयामा कारोबार भैरहेको छ । आइतबार पनि सुन प्रति तोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको छ । तर आज चाँदीको भाउ भने घटेको छ । आइतबार चाँदीको भाउ प्रति तोला ८ सय ९५ रुपैयाँ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोलामा ५ रुपैयाँले घटेर ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।