काठमाडौं । चीनले विश्वमा नैै किर्तिमानी राख्दै सबैभन्दा छिटाे ६ दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउन लागिएको हो ।
अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको बताइएका छ भने अब अस्पतालमा बिरामी राखेर उपचार गर्न मिल्न अवस्थाको भएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।
संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् । त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ ।