पुस २७ । गत वर्षको तुलनामा सोलुखुम्बुको पर्यटकीय क्षेत्र सगरमाथा क्षेत्रमा पर्यटक घटेका छन् ।  नेपालमा पर्यटक भित्र्याउन भन्दै वर्षेनी विभिन्न पहल भईरहँदा सगरमाथा क्षेत्रमा भने पर्यटकको ह«ास आएको हो ।

२०१२ मा ३६ हजार २ सय १२ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको भएपनि सन् २०१३ मा ३५ हजार २ सय १ जनाले मात्र भ्रमण गरेका छन् ।

पर्यटकको संख्या घट्दा सगरमाथा राष्ट्रिय निकुञ्जमार्फत संकलन हुने प्रतिब्यक्ति ३ हजार राजश्वमा समेत घाटा लागेको छ ।

२००२ मा १३ हजारले भ्रमण गरेकोमा २०११ मा भ्रमण गर्नेको संख्या बढेर ३४ हजार पुगेको थियो । तर त्यसयता पुनः पर्यटकको ह«ास आएको पाइएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।