पुस २६  । उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा ११ को परीक्षा नजिता सार्वजनिक गरेको छ।नियमिततर्फ ४० प्रतिशत परिक्षार्थी पास भएका छन्। भने आंशिकतर्फ ३३ प्रतिशत विद्यार्थी पास भएका छन् ।

४ लाख ३५ हजार १८ जना विद्यार्थी सामेल भएकोमा १ लाख ९९ हजार ९ सय ८७ जना उत्तीर्ण भएको  उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
परिषदले नियमिततर्फ १ लाख ४९ हजार ७९ जना र आंशिकतर्फ ५० हजार ९ सय ८ जना उत्तीर्ण  भएको जनाएको छ ।

यसैगरी परिषदले एक विषयमा अनुर्तिण भएकाकालाई फागुन २५ गते मौका परीक्षाको हुने जनाएको छ ।

मौका परीक्षा दिने परीक्षार्थीको लब्धांकपत्र फागुन पहिलो हप्ताभित्र उपलब्ध गराइसक्ने  परिषदले जनाइएको छ । परीक्षाफल http://www.hseb.edu.np/ मा हेर्न सकिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।