सनिउल्लाह धोबी पुस २४ ।   कपिलवस्तुको चार दशक पुरानो एक मन्दिरबाट बहुमुल्य अष्ट धातुको मूर्ति चोरी भएको छ । जिल्लाको भिल्मी ९, श्रीनगरस्थित रामजानकीको मन्दिरबाट लाखौं मूल्य पर्ने अष्टधातु जडित राम, जानकी, लक्ष्मण र हनुमानको मूर्ति चोरी भएको हो ।

रातिको समयमा मन्दिरमा  सबै सुतिरहेको अवस्थामा  बाहिरबाट चुकुल लगाई मन्दिरको ढोका फुटाए चोरीचोरी भएको मन्दिरका पुजारी भगवती प्रसादशुक्ल बताए ।

चोरी भएको मूर्ति खोजी कार्यका लागि अहिले इलाका प्रहरीकार्यालय कृष्णनगरले नेपाल तथा भारतमा समेत कडा निगरानी बढाइएको प्रहरी निरीक्षक पुष्पराज मल्लले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।