पुस २३ । अत्याधिक चिसोसँगै बढेको हुस्सुका कारण राजधानी काठमाडौमा बिहान गुड्ने सवारी साधनले हेड लाइट बाल्नु परेको छ ।

बाक्लो हुस्सुको कारण आठ बजे पछाडीसम्म पनि सवारी साधन हेड लाइट बालेर गुडेको पाइएको छ ।

आज बिहान ९ बजे सम्म काठमाडौंको तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आज १७ डिग्रीसम्म तापक्रम पुग्ने अनुमान गरिएको छ ।

हुस्सुका कारण बिहान हवाई फ्लाइट समेत प्रभावित भएको बताइएको छ ।

मंगलबार बिहान बानेश्वरमा बाक्लो हुस्सुका कारण हेड लाइट बालेर गुड्दै सवारी साधन । तस्वीरः हेलोखबर ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।