काठमाडौं, पुस । सुचना प्रविधि सम्बन्धि काठमाडौंमा चलिरहेको मेलामा विभिन्न बिधुतिय उपकरण लगायत अन्य घरायसी सामाग्री सम्वन्धि अवलोकन तथा खरिद गर्ने को संख्या दैनिक १ लाखको हाराहारीमा हुने गरेको छ ।
शनिवार भने १ लाख ५० हजार भन्दा बढीले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । सूचना प्रविधि तिब्र विकाससँगै सर्वसाधरणको यसतर्फ आकर्षण पनि बढेर गएको हो ।

मेलामा रहेका स्टलहरु मध्ये सबैमा भिडभाड उत्तिनै देखिए पनि साइवर अपराध सम्बन्धि विशेष सुचना दिने उद्देश्यले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो राखिएको स्टलमा अरु स्टल झैँ युवा पुस्ताले भने खासै चाख लिएको देखिएन । नेपालमा सुचनाका नया नया प्रविधि भित्रिए र एसको बढ्दै गएको उपयोग कर्ता संगै साइबर सम्बन्धि अपराध पनि बढेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।