काठमाडौं । एक दैनिक पत्रिकामा कार्यरत पत्रकारले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिशन बार्गेनिङको समाचार नछापिएकोप्रति असन्तुष्ति जनाउँदै पत्रकार पेशा नै त्याग गरेको घोषणा गरेका छन् ।
नयाँ पत्रिका दैनिकमा कार्यरत पुष्प ढुंगानाले पत्रकारिता यात्रामा ब्रेक लगाएको घोषणा गरेका हुन् । उनले खरदारले सय रुपैयाँ घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लु्काउन नसकिने बताएका छन् ।
‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ? खरदारले सय रुपैयाँ घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लु्काउन सकिदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’ उनले फेसबुकमा लेखेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।