पुस २१ । एमाओवादी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले ल्याउने राजनीतिक प्रतिवेदन हेरेर चित्त नबुझे छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने रणनीति बनाएको आजको अनन्पुर्णमा खबर छ ।
अध्यक्ष दाहालले ल्याउने प्रतिवेदन केन्द्रीय कार्यालय र पोलिटब्युरोमा छलफल भएपछि केन्द्रीय समितिमा आउनेछ। दाहालको प्रस्ताव केन्द्रीय कार्यालयमा आउनेबित्तिकै भट्टराई र श्रेष्ठले पनि आफ्नो प्रतिवेदनबारे बहिर ल्याउने बताइएको छ ।
विगतमा पूर्वजानकारीबिना तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक प्रतिवेदन ल्याएको स्मरण गराउँदै दाहालले भट्टराई र श्रेष्ठका छुट्टै प्रतिवेदन तयारीबारे जिज्ञासा राखेका थिए।
प्रचण्डको प्रतिवेदन हेरेपछि छुट्टै प्रतिवेदन पनि लेख्न सकिने भट्टराई र श्रेष्ठले अध्यक्ष दाहाल जानकारी दिएका बताइएको छ ।
भट्टराई र श्रेष्ठले शनिबार लाजिम्पाट छुट्टै छुट्टै दाहाललाई भेटेका थिए ।
Comments







