काठमाडौ । फागुन १२ गते सोमबारका दिन शेर्पा समूदायको महान पर्व ग्याल्पो ल्होसारको अवसरमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार परेको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको अवसरमा सर्वजनिक बिदा दिएको हो ।
शेर्पा समुदायको बाक्लो बसोबास रहेको सो गाउँपालिकाले स्थानीय बिदा अन्तर्गत सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ । एक नगरपालिका सहित आठ स्थानीय तह रहेको ओखलढुंगामा अन्य स्थानीय तहले भने सार्वजनिक बिदा दिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।